Principal Message
यस सामुदायिक विद्यालयले प्रारम्भदेखि नै संस्कारसहितको गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ । फलतः यहाँ पढ्ने विद्यार्थीहरू जहाँ पुग्छन् त्यहाँ गरिमामय उपस्थिति देखाउँछन् । यो मनोहर माध्यमिक विद्यालयको सफलता हो भन्ने हाम्रो ठम्याइ छ । मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई किताबी सैद्धान्तिक कुरा मात्र सिकाउँदैन ˗ यहाँ त तालिमप्राप्त, अनुभवी र दक्ष शिक्षकद्वारा अनुशासन र आत्मनिर्भरताका कुरा सिकाइन्छ ; सबै जातजातिका मौलिक भाषा , धर्म , संस्कृति , पोसाकलाई संरक्षण र सम्वर्धन गर्ने कुरा सिकाइन्छ ; मानवता, राष्ट्रियता, एकता, देशभक्तिका कुरा सिकाइन्छ । समग्रमा हामी हाम्रा विद्यार्थीहरुलाई इमानदार, स्वाभिमानी, कर्तव्यनिष्ठ, जीवनोपयोगी सीपयुक्त, सदाचारी बन्ने कुरा सिकाउँछौँ । त्यसैले मनोहर माध्यमिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण दिनानुदिन बढ्दो छ । हामी आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थी भाइबहिनीहरूलाई ढुक्क भएर यस विद्यालयमा आउन आग्रह गर्दछौँ ।

Read More



Academic Calendar View Full
loading...


Quick Links

Contact Us

Facebook